सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको नाम जोडिएपछि एमालेले सरकारको जवाफ माग्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको नाम पनि जोडिएको भन्दै सरकारको जवाफ मागेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका छन् । केही दिन पहिले दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो ।
पक्राउ परेकाहरुको बयानबाट तस्करीमा काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको प्रहरीले बताएको छ । लामा, बागमती प्रदशेका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा निकट हुन् । एमाले संसदीय दलका नेता थपलियाले मन्त्रीको नाम त लिएनन्, तर उनको नाम उल्लेख गरेर सञ्चार माध्यमहरुमा समाचार आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘हाम्रै प्रदेश सरकारका मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करका सन्दर्भमा पत्रपत्रिकामा आएको छ । यो हो वा होइन रु सरकारले संसदलाई सुसूचित गराउनुपर्छ ।’ यदि निर्दोष हो भने सरकार र मन्त्रीले बोल्नुपर्ने उनले बताए । सरकार बेखबर भएर बस्न नहुने भन्दै उनले भने, ‘एउटा जनप्रतिनिधि र मन्त्रीका बारेमा प्रश्न उठिसकेपछि कारबाही भइज्यालसम्म मन्त्री पद छोड्नुपर्छ कि पर्दैन मन्त्रीले जान्ने कुरा हो ।’
Comments
अरु समाचार
-
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख...
-
सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
बझाङ भूकम्प अपडेटः घाइते हुनेको संख्या १७, एकजना बेपत्ता
कैलाली । बझाङ भूकम्पमा परि घाइते हुनेको संख्या १७ पुगेको छ । लेकमा एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले...
-
आजको राशिफलः २०८० असोज १७ गते, बुधवार
मेष: व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार...
-
कार्तिक ७ गते बिहान ११ः०२ बजे विजयादशमीको टीकाको उत्तम साइत
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक...