ताजा समाचार

पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीलाई

द सिंगर फस्ट रनरअप जापानका कर्मादोङ तामाङ

काठमाडौं । पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीले जितेकी छन् । ‘खोजी उत्कृष्ट प्रवासी प्रतिभा’ भन्ने मुल नाराका साथ एनआरएनले आयोजना गरेको थियो ।

युक्तिले फिनालेमा ‘गोठालो जाँदा लाएको माया’ बोलको गीत गाएकि थिइन् । उनी कार्यक्रममा उपस्थित नभएपछि युरोप संयोजक सन्तोष भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीबाट ग्रहण गरिदिएका थिए । ग्रान्ड फिनाले काठमाडौंमा आयोजना गरिएको थियो ।

ग्रान्ड फिनालेका लागि पाँचमा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । उपाधि जित्ने युक्तिले पाँच लाख नगद प्राप्त गरेकी छन् ।

प्रतियोगितामा फस्ट रनरअप जापानका कर्मादोङ तामाङ बने । उनले नगद २ लाख र ट्रफी प्राप्त गरे । कर्मादोङले ग्रान्ड फिनालेमा कर्मादोङ तामाङले तातोपानी बजार बोलको तामाङसेलो र आफैंले सिर्जना गरेको उत्कृष्ट गीत प्रस्तुतत गरेका थिए ।

यसैगरी सेकेन्ड रनरअप पोर्चुगलका सुवासचन्द्र पुनमगर रहे । उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, ग्रान्ड फिनालेमा विष्णु क्षत्री र गुनामगर निसुले पनि प्रतिस्पर्धा गरेका थिए ।

एनआरएन द सिंगरमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटना तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र नेपालीसँग जोडिने रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org