ताजा समाचार

मधेशकाे प्रहरी प्रमुखमा डिआईजी पोखरेलले गरे पदभार ग्रहण

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुखमा ‍प्रहरी नायव महानिरीक्षक (डिआईजी) यज्ञबिनोद पोखरेलले पदभार ग्रहण गरेका छन् । हालै सरुवा भएर आएका डिआईजी पोखरेलले आइतबार जनकपुर पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक पोखरेलले जनकपुर प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए ।

त्यस पश्चात उनले प्रदेश कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार गर्न निर्देशन दिए । यस्तै उनले आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org