ताजा समाचार

केपी ओली कपमा साँझ मच्छिन्द्र र एनआरटीबीच फाइनल प्रतिस्पर्धा

काठमाडौं । दोस्रो संस्कररणको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा आज मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे हुनेछ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको मच्छिन्द्र लगातार दोस्रो उपाधि हात पार्ने लक्ष्यमा हुनेछ । एनआरटी पनि च्यम्पियन बन्ने योजनासहित मैदान उत्रनेछ ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै एनआरटी फाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई ५-० गोलअन्तरले पराजित गर्दै एनआरटीसँगको उपाधि भिडन्त पक्का गरेको थियो । फाइनल खेल अघि विभिन्न संगीतिक प्रस्तुतिसमेत हुनेछन् ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले जनही ५०-५० हजार रुपैयाँ पाउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org