ताजा समाचार

तिब्बतीयन समाजको परम्परागत इतिहास बोकेको चलचित्र ‘सङ अफ तिब्बत’ काठमाडौंमा प्रदर्शित (फोटोसहित)

काठमाडौं । प्रोफेसर से फेइद्वारा निर्देशित चलचित्र ‘सङ अफ तिब्बत’ काठमाडौंमा प्रदर्शित गरिएको छ । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा उक्त चलचित्र दर्शकमाझ देखाइएको हो ।

कार्यक्रममा चलचित्र निर्देशक से फेइ, कन्फुसियश कलेजका प्रोफेसर, विद्यार्थी, बुद्धिजीवी, कलाकार,पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो सत्रमा चलचित्र ‘सङ अफ तिब्बत’ प्रर्दशन गरिएको थियो । दोस्रो सत्रमा चलत्रिका सम्बन्धमा निर्देशक से फेइले प्रष्ट पारेका थिए ।

‘सङ अफ तिब्बत’मा तिब्बती महिला येशे डोल्माको प्रेम कथा, तीन पुरुषसँगको रोमान्स र उनको सम्पूर्ण जीवनलाई प्रस्तुत गरेर तिब्बती इतिहासको अन्तिम शताब्दीलाई देखाइएको छ । अभिनेता र अभिनेत्रीहरू सबै तिब्बती राष्ट्रियताका हुन् ।

‘सङ अफ तिब्बत ‘चलचित्र सन् २००० निर्माण भएको से फेइको अन्तिम तथा ऐतिहासिक महत्व बोकेको चलचित्र हो । यो चलचित्रको निर्माणपछि उनले दुईवटा नाटक श्रृंखला उत्पादन गरेका थिए। से फेइको ५० वर्षको चलचित्रको इतिहासमा ‘सङ अफ तिब्बत’ सवैभन्दा राम्रो चलचित्रका रुपमा लिइन्छ ।

‘सङ अफ तिब्बत’ मा के छ ?

यस चलचित्रमा सन् ६० र ७० को दशकमा भएको सांस्कृतिक क्रान्ति समेटिएको छ । यसमा तिब्बती महिला र तिनको जीवनमा पुरुषहरूको जीवनलाई समेटिएको छ।

चलचित्रको दृश्यअनुसार एक वृद्ध दम्पती ल्हासास्थित पोताला दरबारको छायाँमा बस्छन् । तिनीहरूको शिक्षित नातिनी तिनीहरूलाई भेट्न आउँछिन् । समयको दौडान हजुरआमाले तिनलाई आफ्नो जीवनका तीन जना पुरुषहरूको बारेमा बताउँछिन् ।

यो चलचित्र सुन्दर तरिकाले लेखिएको, अभिनय र निर्देशन गरिएको छ । यसमा सबै तिब्बती कलाकारहरू छन्। राजनीति पृष्ठभूमिमा छ र एक साधारण महिलाको जीवन र प्रेम अगाडि छ। अतः यो चलचित्रमा तिब्बतीयनको परम्परागत ग्रामिण जीवनशैली, सामान्ती प्रथा, प्रेम जीवन, महिलाको संघर्षको कथा लगायत समेटिएकोले एकपल्ट हेरेपछि स्मरण गरिरहन योग्य छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org