विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै
काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो ।
विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४।२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १।१ ट्रिलियन धेरै हो । नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।
शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरुको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ ।नयाँ सूची अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ । दोस्रो स्थानमा रहेको चीनमा ४ सय ७३ जना अर्बपति छन् ।त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या कीर्तिमानी २ सय जना पुगेको छ ।
फोर्ब्सले गत मार्च ८ को शेयर मूल्य तथा विनिमयदरको आधारमा अर्बपतिहरुको सम्पत्ति गणना गरेको हो । फोर्ब्सको सूची अनुसार विश्वका शीर्ष २० अर्बपति यी हुन् ः
१. बर्नार्ड आर्नल्ट स् लुइस भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड आर्नल्ट यो वर्षपनि विश्वको सर्वाधिक धनी व्यक्तिको रुपमा कायमै रहेका छन् । यी फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।
२. एलन मस्क स् एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब छ ।
३. जेफ बेजोस स् अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।
४. मार्क जुकरबर्ग स् फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब छ ।
५. ल्यारी इलिसन स् ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ ।
६. वारेन बफेटस् वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ ।
७. बिल गेट्स स् माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ ।
८. स्टिभ बाल्मर स् माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ ।
९. मुकेश अम्बानी स् टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् । रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।
१०. ल्यारी पेज स् गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ ।
११. सर्गेइ ब्रिन स् गुगलका सह संस्थापक रहेका ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ ।
१२. माइकल ब्लुम्बर्ग स् वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर रहेको छ ।
१३. अमान्सियो ओर्टेगा स् स्पेनका फेसन तथा रिटेल क्षेत्रका अबृपति ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ ।
१४. कार्लोस स्लिम हेलु स् ल्याटिन अमेरिका क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी अमेरिका मोविलका मालिक रहेका मेक्सिकन अर्बपति कार्लोस स्लिम हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ ।
१५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स स् एल ओरियल ब्राण्डका मालिक रहेका फ्रेन्च अर्बपति मेयेर्सको सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ ।
१६. माइकल डेल स् डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ रहेका माइकल डेलको सम्पत्ति
९१ अर्ब डलर छ।
१७. गौतम अडानी स् भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ ।
१८. जिम वाल्टन स् फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ ।
१९. रब वाल्टन स् वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रब वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ ।
२०. जेन्सेन हुआंग स् ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ रहेका जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ ।
नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्ति सहित विश्वका अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा छन् ।
गत वर्ष चौधरी १ हजार ६ सय ४७ औं स्थानमा थिए । यद्यपि उनको कूल सम्पत्ति भने गत वर्षको भन्दा घटबढ भएको छैन ।
Comments
अरु समाचार
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
देशभर डढेलो र आगलागीका घटना बढे, तत्काल पानी नपर्ने
काठमाडौं। देशभर डढेलो र आगलागीका घटना बढेका छन् । सुख्खा बढेका कारण वनको डढेलो बस्तीमा पस्ने र क्षति गर्नेक्रम बढेको...
-
आजको राशिफल: २०८१ साल वैशाख १९ गते बुधवार
मेष राशि : अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला । मनमा निरासा र शरीरमा आलस्य आउला ।...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...
-
अब मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्रिने
काठमाडौँ । मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा...
-
इलाममा घण्टी चिन्ह रास्वपाको जमानत जफत
विराटनगर । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना सकिएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...