ताजा समाचार

बक्यौता भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती प्राधिकरणले काट्ने

काडमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर भुक्तानी हुन बाँकी रहेका स्थानीय तहको सडक बत्ती जुनसुकै बखत काटिने चेतावनी दिएको हो ।

प्राधिकरणले गत चैत १६ गते सबै स्थानीय तहलाई सडक बत्तीको बक्यौता महसुल भुक्तानी गर्न सूचना गरेको थियो । सोहीअनुरुप केही स्थानीय तहबाट भुक्तानी भैसकेको र केहीले प्रतिबद्धता प्राप्त गरेको प्राधिकरणले जनाएको छ ।

तर, कतिपय स्थानीय तहहबाट सोअनुरुप कार्य नभएको भन्दै प्राधिकरणले त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीहरुको विद्युत लाइन जुनसुकै बेला काटिने बताएको छ ।

सूचनामा भनिएको छ, ‘कतिपय स्थानीय तहहरुबाट सोअनुरुप कार्य नभएको हुँदा त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीहरुको विद्युत लाइन जुनसुकै बखत काटिने भएकोले यसबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी छ ।’

सूचना

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org