बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता झलनाथबीच भेट
काठमाडाैं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता खनालबीच अहिले बालुवाटारमा छलफल भइरहेको हो।
‘उहाँहरूबीच कुराकानी जारी छ। समसामयिक विषयमा छलफल भएको हो,’ नेता खनालका स्वकीय कृष्ण भट्टराईले भने। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि गठबन्धनभित्र खटपट सुरू भएको छ।
एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीको पहिलो कार्यकाल आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएको थियो। तर प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई दिने बताएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो।
सोमबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीको दाबी परेको छ। लक्ष्मणलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन छ भनेर कैलाशलाई नेकपा (एमाले), माओवादी केन्द्रलगायतको समर्थन छ।
Comments
अरु समाचार
-
वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई
काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा...
-
आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...
-
सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सम्पन्न
काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी...
-
कोशी सरकार छाड्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने...
-
ओली सत्तामा हुँदा उच्च काम, प्रमुख पदमा महिलाको ऐतिहासिक नाम
काठमाडौं । लैंगिक समानताको पक्षमा लड्ने नेताका रुपमा वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ऐतिहासिक गरिमा झनै...
-
रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर तीनजनाको ज्यान गयो
काठमाडौं । रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको ज्यान गएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ परिहोमा...
-
आजको राशिफल: २०८१ साउन ११ गते शुक्रवार
मेष : व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे...
-
फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, छनोटका लागि मात्रै प्रथमपत्र
काठमाडौं । लोकसेवा आयोगले लिने प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब...
-
माधव नेपाललाई पार्टी फुट्ने चिन्ता, भने : फेरि षड्यन्त्र हुन थाल्यो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल र षड्यन्त्र सुरु गरिएको बताएका छन् । पूर्वप्रधानमन्त्री...