ताजा समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना : तीनको मृत्यु, ५२ जना घाइते

काठमाडाैं। सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस अहिले बिहान सोढे सात बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे र धुलिखेल अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org