एमालेले आज इलाममा विजय सभा गर्ने, सभालाई सम्बोधन गर्न ओली पनि पुग्दै
काठमाडाैँ । उपनिर्वाचनमा विजयी भएको नेकपा एमालले आज दिउँसो इलाममा विजय सभा गर्ने भएको छ।
इलाम बजारमा दिउँसो एक बजे हुने सभामा पार्टी अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ। इलाम बजारको सभा सकेपछि नव निर्वाचित संघीय सांसद सुहाङ नेम्बाङ इलाम २ का सबै पालिकामा मतदातालाई धन्यवाद ज्ञापनका लागि पुग्नेछन्।
एमाले उम्मेदवार नेम्वाङ २७ हजार सात सय ७२ मतसहित इलाम २ मा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन्। त्यहाँ पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) मतगणनामा तेस्रो भएका छन्।
उनले ११ हजार चार सय ५७ मत पाउँदा निर्वाचनमा चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन्।
मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्दा राजावादी पार्टी राप्रपाका उम्मेदवारले जम्मा चारसय ८ मत मात्रै पाएका छन्।
Comments
अरु समाचार
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
इरानमाथि इजरायलले आक्रमण गरेर सार्वभाैमिकताको हनन गर्योः चीन
काठमाडाैं । इजरायलले इरानमा आक्रमण गरेपछि चीनले आक्रमणको कडा निन्दा गरेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठकमा...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
इजरायलले गर्यो इरानमा हमला, आक्रमणबारे अहिलेसम्म हामीलाई के थाहा छ ?
काठमाडाैं । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका...
-
न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।...
-
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका...
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
जसपाका मधेश प्रदेश सांसद सिंह अनामनगरबाट पक्राउ
काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
-
बालेनविरुद्ध अख्तियारमा मुद्धा दर्ता, यस्तो छ आरोप..
काठमाडौं । युवराज पौडेल सफलले काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेका छन् ।...