बुद्धजयन्तीका अवसरमा बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन–पूर्वराष्ट्रपति भण्डारीको आह्वान
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
यस अवसरमा आज जारी शुभकामना सन्देशमा उहाँले समकालीन विश्वमा गौतमबुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढेको बताउनुभएको छ । साथै उहाँले बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान पनि गर्नुभएको छ ।
“गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको अत्यन्त दुर्लभ त्रिसंयोगको रूपमा रहेको वैशाख पूर्णिमालाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ, ” शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।
नेपालका विभूति गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको बारेमा दिनुभएको शिक्षा र प्रतिपादन गर्नुभएको सिद्धान्त र दर्शनलाई मान्यता प्रदान गर्दै संयुक्त राष्ट्रसङ्घले समेत सन् १९९९ देखि बुद्ध जयन्तीलाई ‘वैशाख दिवस’को नाममा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको उहाँले सन्देशमा स्मरण गर्नुभएको छ ।
विश्वका विभिन्न भू–भागमा मानव जातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनुपरेको वर्तमान परिप्रेक्ष्यमा अहिंसा, करुणा, पारस्परिक सम्मान र सद्भावका साथै शान्तिपूर्ण विश्वका लागि बुद्धले दिनुभएका सन्देशहरू आज पनि उत्तिकै मननीय र उपयोगी द्धन् भन्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका उपदेशहरूको पालना एवं अनुशरण गर्न सकेमा हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ हुने विचार सन्देशमा व्यक्त गर्नुभएको छ ।
साथै उहाँले गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गर्नुभएको छ ।
Comments
अरु समाचार
-
२५ एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति...
-
योग साधनाको सुरुवाती भूमि नेपाल हाे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मानिसको सबैभन्दा महत्वपूर्ण कुरा...
-
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, थारु समुदायले माघी मनाउने
काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर...
-
कुनै दल फुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम आफ्नो...
-
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
कैलाली" पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ...
-
आजदेखि स्वस्थानी व्रतकथा सुरु, यस्तो छ व्रतको महिमा
काठमाडौँ: वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल...
-
फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार गरियो: महान्यायाधिवक्ता बडाल
काठमाडौं । फौजदारी न्याय प्रणालीलाई थप सुदृढ गर्न विभिन्न नीतिगत सुधार गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आइतबार...
-
आजको राशिफल: २०८१ पुस २९ गते सोमबार
मेष कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम...
-
कुलमानले विभागीय मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण पेश गरे
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभागीय मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण पेश गरेका छन् । ६ पन्ने...