ताजा समाचार

सन् २०२४ मा विश्वव्यापी बेरोजगारी थोरै कम हुने आइएलओको प्रक्षेपण

जेनेभा । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर थोरै घट्ने प्रक्षेपण गरेको छ । यो वर्ष बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने आइएलओको अनुमान छ । सन् २०२३ मा यो पाँच प्रतिशत थियो । आइएलओले एक प्रतिवेदनमा श्रम बजारमा विश्वव्यापी रुपमा असमानता कायम रहेकाले कम आय भएका देशहरूमा महिलाहरू विशेषरूपमा अवसरबाट बञ्चित रहेका जनाएको छ ।

प्रतिवेदनअनुसार अहिले विश्वमा १८ करोड ३० लाख मानिस बेरोजगार रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । कम आय भएका देशहरूमा १५ दशमलव तीन प्रतिशत पुरुषहरू बेरोजगारीको समस्यामा हुँदा २२ दशमलव आठ प्रतिशत महिलाहरु समस्यामा रहेको पाइएको छ ।

यस्तै उच्च आय भएका देशहरूको लागि महिलाहरूको यो दर नौ दशमलव सात र पुरुषहरूका लागि सात दशमलव तीन प्रतिशत थियो । प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५ दशमलव छ प्रतिशत महिलाहरू र ६९ दशमलव दुई प्रतिशत पुरुषहरू रोजगारमा रहेका उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org