ताजा समाचार

भलिबल खेलाडीका लागि आवासीय कबर्ड हल बनाउने: मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबल खेलाडीका लागि आवासीय कबर्ड हल बनाउने बताएका छन्।

शनिबारबाट काठमाडौंमा सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको समेत बताए।

नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताउँदै उनले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौती रहेको जिकिर गरे।

भलिबल नेपालको राष्ट्रिय खेल हो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने ‘‘भलिबलको एकदम सम्भावना भएको, अझ हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर धेरै खेल्ने खेल हो। राष्ट्रिय गेम भएपनि यसको राम्रो खेल्ने डेडिकेटेड हिसाबले एउटा हल बन्ने हामी सबैको एउटा साझा चुनौती भएको छ। यही बजेटमा पनि, यही नीति तथा कार्यक्रममा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरूले सकेका छैनौँ। यही पाली भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ की भन्नेमा आशावादी छु।’’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org