ताजा समाचार

शानदार म:म पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुईको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा गत बिहीबार भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुर हेटौँडाका रविन राई र उदयपुरका भीम बहादुर घले रहेका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीहरूको गएराति मृत्यु भएको हो ।

गत बिहीबार बिहान ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा परी सोही पसलमा काम गर्ने ११ कामदार घाइते भएका थिए । घाइतेको उपचार जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org