कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा बोल्दै मधेशका जनताको सुविधा नखोस्न आग्रह गरे।
उनले भने, ‘प्रधानमन्त्रीजी जनकपुरमा आउँदा यहाँका मानिसहरू अधिकार माग्न काठमाडौँ जानु पर्दैन भन्नुभएको थियो। म उहाँलाई काठमाडौं जानु नपर्ने धेरै परको कुरा हो। तर, वर्षौँदेखि यहाँका नागरिकहरूले व्यावहारिक रूपमा पारी गएर सामान किनमेल गर्दै गर्दा आएको सुविधा जुन प्राप्त भएको छ, तपाईँको सरकारले त्यो सुविधा खोसेको छ। कृपया त्यो सुविधा सुचारु गरिदिनुहोस्।’
पेट्रोलियम पदार्थको महँगी बढेर जनताको भान्सामा बिजोक भएको बताए। उनले थपे, ‘यो भन्दा अगाडिको सरकारले पनि लगाएको थियो। कांग्रेस सरकार हुँदा पनि। तर, यी विषय यो भन्दा अगाडि पनि गलतलाई गलत भन्दै आएको हो। म सम्झन्छु, अहिले पनि म भन्छु, त्यो गलत छ।’
सीमानामा गएर १०० रुपैयाँको सामान ल्याउँदा गृहिणी महिलाको झोला कोतल्नु उपयुक्त नभएको बताए। उनले थपे, ‘यसले त्यहाँका नागरिकहरूलाई थप दुःख दिने मात्रै हो। सरकारले दिन सक्ने भए सुख देऊ, दिन नसक्ने भए कम्तीमा गरिब, असहाय नागरिकहरूलाई दुःख नदेऊ भन्ने हो। तर यो रवैया रहिरहे हामी मुठी कसेर सडकमा आउनु पर्ने अवस्था आउँछ। त्यो बेला हामी यहाँको आवाज उठाउने यहाँको प्रतिनिधित्व गर्ने मेरो जिम्मेवारी हो।’
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













