वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै क्रमशः घट्न थालेको हो । एअर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार गएकाे हप्ता वायु गुणस्तर सूचकाङ्क बढेर २४७ पुगेको थियो ।
याे स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । अहिले भने प्रदूषण घटेर एक्यूआई ७९ सम्म पुगेको छ जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ । गएकाे हप्ता काठमाण्डाै विश्वको पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएकामा अहिले भने १५औँ स्थानमा रहेकाे एक्यूआईको तथ्याङ्कमा उल्लेख छ ।
एक्यूआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दामाथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पछिल्लो समय पर्याप्त वर्षासहित हुरी चलेकाले वायु प्रदूषण नियन्त्रण भएको बताउनुभयो ।
‘लामो समयसम्म वर्षा नहुँदा धूलो र धूवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुन्छ’, उहाँले भन्नुभयो, ‘साथै छिमेकी देश भारतबाट आउने प्रदूषित हावाले पनि काठमाण्डाैको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।’ प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायले दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
Comments
अरु समाचार
-
मनोज श्रीमानको संसदीय सुनुवाई शुरु, के गरिदैछ?
काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि प्रस्तावित मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । समितिको...
-
मनोज श्रीमानको काम आजै फत्ते
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मालाई आजै प्रधानन्यायाधीशमा नियुक्त गर्ने गरि संसदीय सुनुवाई अघि बढ्ने भएको छ। शर्माविरुद्ध...
-
विश्वकप २०२६: नेयमारको पुनरागमन हुने भएपछि खेलप्रेमीमा उत्साह
काठमाडौँ । नेयमार ब्राजिलको २६ सदस्यीय विश्वकप टोलीमा समावेश भएका छन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने...
-
ट्रम्प फर्किएलगत्तै पुटिन चीनको औपचारिक भ्रमणमा जाँदै
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
न्यायाधीशलाई सांसद समीक्षा बाँस्कोटाले चुनौती दिँदै भनिन्- राजनीति नै गर्ने भए कोट खोलेर आउनुस्
काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
विश्व स्वास्थ्य संकटकालको घोषणा, नेपालमा उच्च सतर्कता
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा...
-
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएको सरकारको निष्कर्ष, विद्युतीय चुह्लोमा अनुदान दिइने
काठमाडौँ। आर्थिक वर्ष २०९२ र ९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका...












