ताजा समाचार

भृकुटीमण्डपको भाडा नतिर्ने ५१ संस्था र व्यक्तिको नाम सार्वजनिक 

काठमाडौं । समाज कल्याण परिषद्को स्वामित्व रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरु ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ ।

समाज कल्याण परिषद्ले २०८१ चैत २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो । सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबसम्म छन् । बोर्डको १ करोड ६७ लाख बढी बक्यौता छ । क्लबको मात्रै ४६ लाख ५८ हजार ६४९ रूपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ ।

परिषद्को भृकुटीमण्डप व्यवस्थापन विभागले ५१ संस्था/व्यक्ति/व्यवसायीहरुको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखादेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नामसमेत छ । पटकपटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको छ । तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानूनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org