रास्वपाको कन्तविजोगः रविले बोलाएको कार्यक्रममा न्यून सहभागिता, घटेकै हो क्रेज ?
रवि जेलपछि नियन्त्रण गुमाउदै स्वर्णिम वाग्ले !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनबाट शुरु गरेको जनयात्रा खल्लो हुन पुगेको छ । रास्वपा सभापति रवि लामिछानेले चितवनको गेष्ट हाउस चौरमा आह्वान गरेको सभामा मुस्किलले १५ सय मान्छे उपस्थित भएपछि रास्वपालाई नराम्रो धक्का लागेको छ ।
पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेदेखि सांसद हरी ढकालले घोक्रो फुलाएर रविलाई थुनामा लगिएको विषयमा विरोध गरे । तर, उनीहरुले सहकरी ठगी जस्तो गम्भीर विषयलाई भने राजनीतिकरणको प्रयास गरे ।
रविलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गर्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लिएका आधार कारणलाई समेत स्वर्णिमले मानमर्दनको प्रयास गरे ।
स्वर्णिमले फैसला पूर्ववत रुपमै तयार पारिएको गम्भीर आरोप समेत लगाए । उनले अदालतको मानहानी हुने गरि सभामा उत्तेजना र अदालतप्रति अनास्थआ फैलाउन खोजेपनि न्यून सहभागीताले रास्वपाको लोकप्रियतामाथि नै प्रश्न उठेको छ ।
‘रविलाई थुनामा पठाउने आदेशपछि चितवनमा ठूलो संख्यामा जनताको सहभागीताको अपेक्षा थियो । त्यहि अनुसार सुरक्षा व्यवस्था पनि मिलाएका थियाैं । तर, उल्टो भइदियो वा रास्वपाप्रति जनताको विश्वास घट्यो, सहभागीता मुस्किलले १५ सयको हाराहारीमा देखिए । सुरक्षा पनि चुस्त बन्यो । कार्यक्रममा कुनै किसिमको उत्तेजना र भड्काव सिर्जना भएन् ।’ एक सुरक्षा निकायका अधिकारीले न्यूज नेपालसँग भने ।
‘चितवनको गेष्ट हाउस चोकमै कार्यक्रम गर्ने रास्वपाको यसअघिको कार्यक्रममा मान्छे खचाखच हुन्थे । अब स्थिति यस्तो रहेन ।’ रास्वपाका एक नेता भन्छन्, सभापति नै सहकारी ठगीमा पक्राउ परेकाले पनि होला, मानिसमा विश्वास उड्न पो थाल्यो ।’
सरकारले रविलाई अदालतको आदेश बमोजिम पक्राउ गरेर रुपन्देही जिल्ला प्रशासन कार्यालयमा राखेको छ । सोमबार सरकारी कार्यालय खुल्ने भएकाले अदालत समयभित्र उपस्थित गराएर कारागार चलान गरिने बताइएको छ ।
सूर्य थापाको कटाक्ष
सहकारी ठगी सम्बन्धिको छानविनको माग रवि आफैले गरेको स्मरण गराउदै एमाले सांसद सुर्य थापाले रास्वपा सभापति रवि लामिछानेमाथि कटाक्ष गरेका छन् । छानविन समितिले प्रतिवेदनमै खोट देखाएको तर क्लिन चिट पाए भन्दै अफवाह फैलाएको आरोप समेत थापाले लगाएका छन् । विभिन्न जिल्ला अदालतबाट धराैटी माग्दा न्याय पाइयो भनेको तर, धराैटी धेरै भयो भन्दै उच्च अदालत जाँदा पूर्पक्षका लागि थुनामा पठाएको थापाको छ । तर, रास्वपा र रवि लामिछानेले अदालतप्रति अनास्था फैलाउन खोजेको आरोप थापाको छ । उसोतः थापाले हरेक व्यक्तिले आफ्नो पाैरख दशा दुर्दशा भोग्नुपर्ने भनेका छन् । थापा सहकारी ठगी सम्बन्धि संसदीय छानविन समितिको संयोजक थिए ।
Comments
अरु समाचार
-
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी, रास्वपाले समर्थन गर्ने
काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
जगदीश खरेलको रास्वपाबाट ललितपुर–२ मा उम्मेदवारी पक्का !
काठमाडौं । सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन्...
-
यस्तो छ आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कार्यक्रम, आयोगले भन्यो- तडकभडक नगर्नू
काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ...
-
प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ आज उम्मेदवारी दर्ता हुँदै
काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले...
-
सुरक्षाको अवस्था राम्रो बनाइनुपर्छ, जुनसुकै अवस्थामा पनि चुनाव लड्छौं :ओली
काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ ।...
-
बालेनले जनकपुरको भाषणमा भने– म काम गर्ने मान्छे हुँ, भाषण होइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आफू भाषणभन्दा काम गर्ने मान्छे भएको बताएका छन्। बालेनले काठमाडौं महानगरपालिकाको...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...











