रास्वपाको कन्तविजोगः रविले बोलाएको कार्यक्रममा न्यून सहभागिता, घटेकै हो क्रेज ?
रवि जेलपछि नियन्त्रण गुमाउदै स्वर्णिम वाग्ले !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनबाट शुरु गरेको जनयात्रा खल्लो हुन पुगेको छ । रास्वपा सभापति रवि लामिछानेले चितवनको गेष्ट हाउस चौरमा आह्वान गरेको सभामा मुस्किलले १५ सय मान्छे उपस्थित भएपछि रास्वपालाई नराम्रो धक्का लागेको छ ।
पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेदेखि सांसद हरी ढकालले घोक्रो फुलाएर रविलाई थुनामा लगिएको विषयमा विरोध गरे । तर, उनीहरुले सहकरी ठगी जस्तो गम्भीर विषयलाई भने राजनीतिकरणको प्रयास गरे ।
रविलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गर्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लिएका आधार कारणलाई समेत स्वर्णिमले मानमर्दनको प्रयास गरे ।
स्वर्णिमले फैसला पूर्ववत रुपमै तयार पारिएको गम्भीर आरोप समेत लगाए । उनले अदालतको मानहानी हुने गरि सभामा उत्तेजना र अदालतप्रति अनास्थआ फैलाउन खोजेपनि न्यून सहभागीताले रास्वपाको लोकप्रियतामाथि नै प्रश्न उठेको छ ।
‘रविलाई थुनामा पठाउने आदेशपछि चितवनमा ठूलो संख्यामा जनताको सहभागीताको अपेक्षा थियो । त्यहि अनुसार सुरक्षा व्यवस्था पनि मिलाएका थियाैं । तर, उल्टो भइदियो वा रास्वपाप्रति जनताको विश्वास घट्यो, सहभागीता मुस्किलले १५ सयको हाराहारीमा देखिए । सुरक्षा पनि चुस्त बन्यो । कार्यक्रममा कुनै किसिमको उत्तेजना र भड्काव सिर्जना भएन् ।’ एक सुरक्षा निकायका अधिकारीले न्यूज नेपालसँग भने ।
‘चितवनको गेष्ट हाउस चोकमै कार्यक्रम गर्ने रास्वपाको यसअघिको कार्यक्रममा मान्छे खचाखच हुन्थे । अब स्थिति यस्तो रहेन ।’ रास्वपाका एक नेता भन्छन्, सभापति नै सहकारी ठगीमा पक्राउ परेकाले पनि होला, मानिसमा विश्वास उड्न पो थाल्यो ।’
सरकारले रविलाई अदालतको आदेश बमोजिम पक्राउ गरेर रुपन्देही जिल्ला प्रशासन कार्यालयमा राखेको छ । सोमबार सरकारी कार्यालय खुल्ने भएकाले अदालत समयभित्र उपस्थित गराएर कारागार चलान गरिने बताइएको छ ।
सूर्य थापाको कटाक्ष
सहकारी ठगी सम्बन्धिको छानविनको माग रवि आफैले गरेको स्मरण गराउदै एमाले सांसद सुर्य थापाले रास्वपा सभापति रवि लामिछानेमाथि कटाक्ष गरेका छन् । छानविन समितिले प्रतिवेदनमै खोट देखाएको तर क्लिन चिट पाए भन्दै अफवाह फैलाएको आरोप समेत थापाले लगाएका छन् । विभिन्न जिल्ला अदालतबाट धराैटी माग्दा न्याय पाइयो भनेको तर, धराैटी धेरै भयो भन्दै उच्च अदालत जाँदा पूर्पक्षका लागि थुनामा पठाएको थापाको छ । तर, रास्वपा र रवि लामिछानेले अदालतप्रति अनास्था फैलाउन खोजेको आरोप थापाको छ । उसोतः थापाले हरेक व्यक्तिले आफ्नो पाैरख दशा दुर्दशा भोग्नुपर्ने भनेका छन् । थापा सहकारी ठगी सम्बन्धि संसदीय छानविन समितिको संयोजक थिए ।
Comments
अरु समाचार
-
अन्ततः ब्याक भयो राप्रपाः आन्दोलन शान्तिपूर्ण हुने दाबी, सरकारलाई यस्तो अपिल
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएको छ । सरकारले निषेधाज्ञा तोड्ने वा कानूनको उल्लङ्घन...
-
निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको...
-
शिक्षकहरुको प्रदर्शन आज बिहान नौ बजेदेखि तीनघण्टा
काठमाण्डौ । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत...
-
आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले...
-
आजको राशिफलः २०८२ वैशाख ७ गते आइतबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
सभामुखदेखि प्रधानमन्त्रीसम्म शिक्षकहरुको भेट किन निष्कर्षविहीन ?
काठमाडौं । नेपाल शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटपछि आन्दोलन झनै लम्बिएर जाने देखिएको छ । संघले...
-
आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा
काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५...