‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । उनले यसलाई ‘अमेरिकाका लागि सुन्दर’ कुरा समेत भनेका छन् । ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क घोषणा गरिएको थियो ।
मेरिकी राष्ट्रपति ट्रम्पले धेरै देशहरुसँगको वित्तीय घाटा पूर्तिका लागि शुल्क अपरिहार्य भएको तर्क गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन, युरोपेली संघ र धेरै अन्य देशहरूसँग हाम्रो विशाल वित्तीय घाटा छ । यस समस्याको समाधान केवल ट्यारिफबाट नै सम्भव छ । यसबाट अमेरिकामा अर्बौं डलर आइरहेको छ ।’
उनी अगाडि लेख्छन्, ‘एक दिन मानिसहरूले बुझ्नेछन् कि अमेरिकाका लागि ट्यारिफ एकदमै सुन्दर कुरा हो ।’ट्रम्पले धेरै युरोपेली र एसियाली देशहरूसँग आफूले कुरा गरेको दाबी समेत गरेका छन् र उनका अनुसार अब सबै देशहरू अमेरिकासँग ‘डिल’ गर्न इच्छुक छन् ।
ट्रम्पले ट्यारिफमा जोड दिइरहेका बेला जानकारहरु भने अमेरिकाको यो निर्णयले संसारमा ट्रेड वार अर्थात् व्यापारिक युद्धको खतरा बढाएको टिप्पणी गर्दै आएका छन् । अमेरिकाको बदलास्वरुप चीनले पनि अमेरिकी सामान आयातमा ३४ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरिसकेको छ ।
अमेरिकी ट्यारिफको असरले युरोप, एसिया र स्वयं अमेरिकाको शेयर बजार समेत नराम्रोसँग प्रभावित भएको छ । यसबीचमा विश्वका सबैभन्दा धनाड्य व्यक्तिहरुको सम्पत्ति पनि घटेको छ । ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार एलन मस्कसहित विश्वका अर्बपतिहरुको सम्पत्तिमा गिरावट आएको छ । एक्सका मालिक एलन मस्कको सम्पत्ति १९.९ बिलियन डलर घटेको छ । मार्क जुकरबर्गको सम्पत्तिमा ९.४४, जेफ बेजोसको ७.५९ र बिल गेट्सको ६.४५ बिलियन डलर नोक्सान भएको छ ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना कारबाहीको दायरामा
महेन्द्रनगर । गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ । गत...
-
सेयर बजारमा सोमबारदेखि नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुँदै
काठमाडौं । सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुने भएको छ । नेप्सेले हालको कारोबार सञ्चालक विनियमावली संशोधन...
-
फेसबुकमा अपलोड गरिएको भिडियोले ल्यायो १८ वर्षदेखि हराएको छोराको खबर
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको...
-
वैशाख कृष्ण औँसी : मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख...
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...












