नेपालमा कति छन् विद्यालय ?
काठमाडौँ । नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ ।
पूर्वप्राथमिक शिक्षामा कूल भर्नादर ८४ दशमलव ७ पुगेको छ भने प्रारम्भिक बाल विकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिको प्रतिशत ६६ दशमलव ९ पुगेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
आयोगका अनुसार, प्राथमिक तह कक्षा १ देखि ५, आधारभूत तह कक्षा १ देखि ८ माध्यमिक तह कक्षा ८ देखि १२ को खुद भर्नादर क्रमशः ९६ दशमलव ९ प्रतिशत ९२ दशमलव ७ प्रतिशत र ४६ दशमलव ४ प्रतिशत पुगेको छ ।
कक्षा ५ र कक्षा ८ सम्मको टिकाउ दर क्रमशः ८९ दशमलव ६ प्रतिशत र ७७ दशमलव ९ प्रतिशत रहेका जानकारी दिइएको छ । आधारभूत तथा माध्यमिक तहमा ७२ लाख १४ हजार ५२५ विद्यार्थी भर्ना भई अध्ययन गरिरहेको पनि आयोगले जानकारी दिएको छ । प्रारम्भिक बाल विकास शिक्षामा नौ लाख ७४ बालबालिका अध्ययनरत रहेका छन् ।
लैङ्गिक समता सूचकाङ्क आधारभूत तह र माध्यमिक तहमा क्रमशः ० दशमलव ९८ र १ दशमलव ०१ रहेको आयोगले जनाएको छ । विद्यालय दोेहो¥याउने कक्षा १ देखि ५ सम्म आधारभूत तहमा ३ दशमलव ८ र कक्षा ६ देखि ८ सम्म ४ दशमलव ४ तथा कक्षा ९ र १० को माध्यमिक तहमा ३ दशमलव ७ मा झरेको छ ।
आयोगका अनुसार अहिले मुलुकभर सार्वजनिक र निजी लगानीका गरी ३५ हजार ५५ वटा विद्यालय सञ्चालनमा छन् । अभिभावकको लगानी परिचालन गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करिब २३ प्रतिशत विद्यार्थीलाई सेवा प्रवाह गरिरहेको छ ।
विसं २०६८ को जनगणनामा १५ वर्षमाथिको जनसङ्ख्याको साक्षरता ५८ प्रतिशत रहेकोमा आव २०७४/७५ मा १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता ८८ दशमलव ६ प्रतिशत पुगेको छ । हालसम्म ५१ जिल्ला सक्षर घोषणा भइसकेका आयोगद्वारा प्रकाशित प्रमुख आर्थिक सूचकको प्रयोग विधि पुस्तकमा उल्लेख छ । रेडीयो नेपालबाट
Comments
अरु समाचार
-
एक्सपर्ट एजुकेशनको चौथो शाखा बानेश्वरमा उद्घाटन
काठमाडौं । नेपाली विद्यार्थीलाई उच्च शिक्षा आर्जन गर्न सहजीकरण गर्ने तथा विदेशका शैक्षिक प्रतिष्ठानसँग समन्वय गराउने काममा सक्रिय रहेको एक्सपर्ट...
-
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ नेताविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको...
-
‘कक्षा १२ को प्रश्नपत्र बाहिरिएको भन्ने सूचना भ्रामक र गलत हो’
काठमाडौं । आजदेखि सुरुभएको कक्षा १२ को वार्षिक परक्षाको प्रश्नपत्र बाहिरिएको भन्ने सूचना भ्रामक र गलत भएको भन्दै राष्ट्रिय परीक्षा...
-
शिक्षकमाथि खुँडा प्रहार गर्ने विद्यार्थी पक्राउ
काठमाडौं । शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख १९ गते बिहान करिब...
-
कक्षा १२ को परीक्षामा ७३ वर्षीया हजुरआमा पनि सहभागि
काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा...
-
कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार परीक्षार्थी
काठमाडौं । आज (आइतबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ। आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा...
-
आजबाट खुले सरकारी विद्यालय
काठमाडौं । काठमाडौंमा देशभरका शिक्षकहरुले शिक्षा ऐनको माग गर्दै गरेको करिब एक महिना लामो शिक्षक आन्दोलन सरकार सँगको सहमतिमा स्थगित...
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
सर्वोच्चको आदेश विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नेमा केन्द्रितः महासचिव पोखरेल
काठमाडाैं । सर्वोच्च अदालतले नियमित पढाई सुचारु गर्न, एसईईको नतिजा समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा समयै सम्पन्न...