दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा दुई हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सक्नुभएको छैन ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानुनबमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ ।
सूचना अधिकारी घिमिरे भन्नुहुन्छ, “प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ दुई हजार ८ सय ९० जना उम्मेदवारको जमानत जफत भएको छ । तीमध्ये ३ सय ५० जना उम्मेदवारको त मत नै आएको छैन, अर्थात् उहाँको मत गणनामा शून्य देखिन्छ ।”
निर्वाचनमा प्रतिस्पर्धा गरेकामध्ये जम्मा ५ सय १६ जना उम्मेदवारले मात्र आफ्नो जमानत जोगाउन सफल हुनुभएको छ । जमानत जोगाएका उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र धरौटी रकम फिर्ताका लागि निवेदन दिनुपर्ने प्रक्रिया रहेको आयोगले जनाएको छ ।
कस्तो अवस्थामा हुन्छ जमानत जफत ?
निर्वाचनसम्बन्धी कानुनअनुसार कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा मात्र धरौटी रकम फिर्ता हुन्छ । यदि सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त भएमा उक्त रकम राज्यको ढुकुटीमा जफत हुने कानुनी व्यवस्था छ ।
३५० उम्मेदवारको मत शून्य
आयोगका अनुसार जमानत जफत भएका उम्मेदवारमध्ये ३ सय ५० जनाले एक मत पनि प्राप्त गर्न सक्नुभएको छैन । यसले कतिपय उम्मेदवारले स्वयं आफूलाई वा आफ्नै परिवारको मतसमेत प्राप्त गर्न नसकेको पुष्टि गर्छ । प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएकामध्ये ५ सय १६ जनाले मात्र कुल सदर मतको १० प्रतिशतको सीमा कटाउनुभएको छ ।
रकम फिर्ताको प्रक्रिया
जमानत जोगाउन सफल ५ सय १६ जना उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता पाउन निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र आयोगमा निवेदन दिनुपर्नेछ । रीतपूर्वक निवेदन दिएपछि कानुनबमोजिम सो रकम फिर्ता गरिने आयोगले जनाएको छ ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना कारबाहीको दायरामा
महेन्द्रनगर । गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ । गत...
-
सेयर बजारमा सोमबारदेखि नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुँदै
काठमाडौं । सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुने भएको छ । नेप्सेले हालको कारोबार सञ्चालक विनियमावली संशोधन...
-
फेसबुकमा अपलोड गरिएको भिडियोले ल्यायो १८ वर्षदेखि हराएको छोराको खबर
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको...
-
वैशाख कृष्ण औँसी : मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख...
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...












