ताजा समाचार

 मोबाइल एक्स्पोमा सामसङ र हुवावेप्रति बिशेष आकर्षण

img_2505-copy

 

न्युज-नेपाल संवाददाता/काठमाडौं,९ असोज । मुलुककै सर्वाधिक ठूलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहित सुरु भएको सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ को दुई दिनमै ३० हजारले ‘अवलोकन’ गरेका छन् । 

एक्स्पोमा सामसङ र हुवावे मोबाइलप्रति अवलोकन कर्ताहरुको बिशेष रुची रहेको देखिन्छ । त्यस बाहेक बिभिन्न कम्पनीका मोबाइलका एसेसरिजहरुको बिक्रि पनि उल्लेख्य मात्रामा भैरहेको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए ।
भर्खरै नेपाली बजारमा भित्रिएका युएमआई, ओप्पो, मेजु लगायतका मोबाइलबारे पनि अवलोकन कर्ताहरुले बिशेष जानकारी मागिरहेका छन् ।

एक्स्पोमा आउने अवलोकन कर्ताहरुले मोबाइलका ब्राण्ड भन्दा पनि फिचरलाई महत्व दिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैबिच एक्स्पोमा युएमआई मोबाइलले धमाधम बुकिङ पनि गरिरहेको छ ।

असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई मनोरञ्जन दिनका लागि बिभिन्न मोबाइल कम्पनीका टिसर्ट लगाएका कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिईरहेका छन् । त्यसका अलावा बिभिन्न खेलका माध्यमबाट पनि अवलोकन कर्ताहरुलाई अतिरिक्त मनोरञ्जन दिईएको छ ।
एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुक्रबार उद्घाटन गरेका थिए ।

एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको भूइँतल्ला, तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।

मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।

धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।

एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।

८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।

निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिन्छ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ ।

मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिनेछ ।

_mg_2526

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org