ताजा समाचार

उपेन्द्र यादवको दसैँलाई सन्देश, ‘शुभकामना की व्याङ्ग्य’

Upendra-Yadavकाठमाडौं, ४ कात्तिक । नेपाल–भारत सीमानाका अबरोध गरेर नाकाबन्दी गरी नेपाली जनतालाई सास्ती दिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बडादसैँका अवसरमा शुभकामना सन्देश दिनु भएको छ ।

यादवले आज (बुधबार) शुभकामना सन्देश जारी गरेर भन्नुभएको छ, ‘यस वर्षको बडादसैँको शुभअवसरमा पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा निरन्तर लागिरहनुभएका समस्त न्यायप्रेमी साथी, शुभेच्छुक, मुलुकबाहिर रहनुभएका दाजुभाइ दिदीबहिनी एवम् सबै वर्ग, पेशा र समुदायहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।’

विगतका सम्झौताहरूलाई संविधानमा संस्थागत गर्न, जायज मागसहितको शान्तिपूर्ण आन्दोलन आजसम्म निरन्तर जारी उहाँले बताउनुभएको छ ।

‘शान्तिपूर्ण आन्दोलनलाई सरकारले वेवास्ता गरेको मात्र होइन, मण्डले अतिवादको शैलीमा शान्तिपूर्ण आन्दोलनमाथि बर्बर दमन गरेर नेपाल र नेपाली जनतामाथि यो सरकारले अत्यन्तै असहज वातावरण सृजना गरेको छ’, अध्यक्ष यादवले भन्नुभएको छ, ‘ग्यास, पेट्रोलियम पदार्थ, औषधि, मलखाद र खाद्यान्न अभावको सृजना यो सरकारकै नालायकीपन हो ।’

उहाँले मागहरू पूरा नभइञ्जेल बलिदानकासाथ लडिरहने न्यायप्रेमी आन्दोलनकारी दाजुभाइ दिदीबहिनीहरूप्रति आभार प्रकट गर्नुभएको छ ।

यादवले आफ्नो पार्टी सङ्घीय समाजवादी फोरम, नेपालले जारी आन्दोलनको अगुवाई गर्ने पनि उल्लेख गर्नुभएको छ ।

मधेसी मोर्चाको नाकाबन्दीका कारण नेपाली हिन्दूहरूको महानपर्व बडादसैँ खल्लो भइरहेका बेला संघीय समाजवादीका अध्यक्ष यादवले दिनुभएको शुभकामना सन्देशले नेपालीहरूमा व्याङ्ग्य गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org