जातीको आधारमा प्रदेश सीमाङ्कन घातक : नेता भण्डारी
रोल्पा, २८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले नाक र छालाका आधारमा प्रदेशको सीमाङ्कन हुन लागेको प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
५ नं प्रदेश विभाजनविरुद्ध रोल्पाको लिवाङमा बुधबार भएको जनसभामा नेता भण्डारीले त्यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक हुन नदिने बीउ रोपिन लागेको प्रति चिन्ता गर्दै नेता भण्डारीले हिमाल, पहाड र तराईको एकताले मात्र राष्ट्रिय एकता हुनसक्ने विचार व्यक्त गर्नुभयो ।
सभाका अर्का वक्ता नेकपा (एमाले) स्थायी समिति सदस्य पुष्पराज कँडेलले नीति, सिद्धान्त र आदर्शलाई दाउमा राखेर नेकपा (एमाले)ले राष्ट्रघाती काम गर्न नसक्ने बताउनुभयो । संसद्मा जबर्जस्त ढङ्गले टेबुल गरिएको संविधान संशोधन विधेयकलाई विपक्षी दलले कुनै हालतमा पारित हुन नदिने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् सचेतक गोकुलप्रसाद घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगर, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वोमबहादुर खत्री, नेकपा (माओवादी क्रान्तिकारी)का केन्द्रीय सदस्य कुमार शाह लगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
५ नं प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका विरुद्ध सङ्घर्ष गरिरहेको संयुक्त आन्दोलन समितिको तेस्रो चरणको अन्तिम कार्यक्रमका रुपमा जनसभा आयोजना गरिएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनमगरले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...