ताजा समाचार

शृष्टीको मायामा के बन्यो तगारो ?

काठमाडौं । गायक राज कुमार गोस्वामीको नयाँ गीत ‘काँडाघारी’केहि समय अगाडी सार्बजनिक गरिएको थियो । सार्बजनिक भए संगै गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाएको थियो । राम्रो प्रतिक्रियासंगै यस भिडियोलाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

उक्त ुकाँडाघारीु बोलको गीतमा किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको छ । गीतमा गायक राज के. गोस्वामीलाई गायिका आस्था रावतले साथ दिएकि छिन् । गायक राज के। गोस्वामी अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् ।

भुषण दाहाल निर्देशित म्यूजीक भिडियोमा नायिका सृष्टि श्रेष्ठ, कमेडियन किशोर भण्डारी र संचारकर्मी राम पाण्डेलाई देख्न सकिन्छ । भिडियो निकै उत्कृस्ट बनेको र सृष्टिको काम निकै राम्रो रहेको प्रतिक्रिया मिलिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org