ताजा समाचार

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदमाथि प्रमद्वारा संविधानविद्सँग परामर्श

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदसँग परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको परामर्शमा उहाँले आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउन कानुनविद्सँग आवश्यक सुझाव माग्नुभयो ।

आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानुनी व्यवस्थाबारे संविधानविद्सँग राय माग गर्दा उनीहरुले आवश्यक अध्ययन गरेर सुझाव दिने कुरा राख्नुभएको थियो ।

सरकारले तोकेको मापदण्ड र कार्यदेशअनुसार सुझाव मात्रै पेस गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव कानुनविद्हरुको थियो ।

महान्यायाधीवक्ता तथा सरकारको कानुनी सल्लाहकार रमणकुमार श्रेष्ठ, नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसी, बारका महासचिव खम्बबहादुर खाती, अविधक्ता सुरेन्द्र महतो, दीपेन्द्र झालगायको उपस्थिति थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org