स्वास्थ्य केन्द्रमा औषधिको अभाव
दाङ, २० माघ । जिल्लाका दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव छ ।
निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्यचौकीमा सिटामोल र मेट्रोनिडाजोलबाहेक कुनै पनि औषधि नभएको स्वास्थ्यचौकी इन्चार्ज पशुपतिराज केसीले बताउनुभयो । कम्तीमा ३५ प्रकारका औषधि स्वास्थ्यचौकीमार्फत निःशुल्करुपमा उपलब्ध गराउँदै आएको सरकारको दाबी छ । “कति भयो कति औषधि माग गरेको, पाँच महिनादेखि यस्तै अवस्था छ, इन्चार्ज केसीले भन्नुभयो ।
दक्षिण दाङको विकट कोइलावास स्वास्थ्यचौकीमा पनि न्यूनतम औषधि पनि छैनन् । सामान्य जरो आएको बच्चालाई दिइने सिटामोल र कफसिरफ पनि नभएको त्यहाँका स्वास्थ्यचौकी प्रमुख पप्पु यादवले बताउनुभयो । जति औषधि माग गरे पनि अझैसम्म अत्यावश्यक औषधि स्वास्थ्यचौकीमा नभएको उहाँको गुनासो छ ।
नवजात शिशुलाई सामान्य जरो आएको अवस्थामा पनि सिटामोल बितरण गर्ने अवस्था नहुँदा बिरामीलाई भारतको बालारामपुरसम्म पुग्नुपर्ने बाध्यता छ । त्यस्तै पश्चिम दाङको मुख्य बजारमा रहेको पुरन्धारा स्वास्थ्यचौकीमा पनि आवश्यक औषधि नभएको स्थानीयवासीको गुनासो छ । तर स्वास्थ्यचौकीले भने केही औषधिमात्र रहेको जनाएको छ ।
हाल सो संस्थामा निःशुल्क उपलब्ध गराइनुपर्ने ३५ थरी औषधिमध्ये, बढीमा १० थरी औषधि मात्रै छन् । “माग गरेको धेरै भो, अहिले हाम्रो स्वास्थ्यचौकीका लागि आएको औषधि बाघमारेमा थन्किएको भन्ने सुनेको छु, खै कहिले आउने हो ।”
त्यसैगरी स्युजामा पनि अत्यावश्यक औषधिबाहेक सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका सबै औषधि छैनन् । यसले गाउँवासीलाई सामान्य रोगको उपचारका लागि पनि सहरी क्षेत्र जानुपर्ने बाध्यता छ । यो अवस्था करिब छ महिनादेखि देखिँदै आएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले यसैसाता सबै स्वास्थ्य संस्थामा निःशुल्करुपमा उपलब्ध गराउने सबै औषधि पठाइने बताएपनि स्वास्थ्य मन्त्रालयले नै सम्बन्धित निकायमा पर्याप्त औषधि पठाउन नसकेपछि मुलुकका धेरै जिल्लाका स्वास्थ्यचौकी तथा उपस्वास्थ्यचौकीमा औषधि अभावको अवस्था चरमरुपमा देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धनश्याम पोख्रलले औषधि पठाउने काम भइरहेको र अबको एक सातामा सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने जानकारी दिनुभयो । जिल्लाका पाँच वटा स्वास्थ्य संस्थाबाहेक सबै स्वास्थ्य संस्थामा औषधि पठाइ सकिएको छ । पठाउन बाँकी रहेका स्वास्थ्य संस्थामा पनि छिट्टै नै औषधि पठाइने जनस्वास्थ्य प्रमुख पोख्रेलले बताउनुभयो ।
उहाँले भन्नुभयो “औषधि पठाउने काम भइरहेको छ केही दिन नै सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने छ ।”
अहिले पठाएको औषधि स्वास्थ्य संस्थामा करिब तीन महिनासम्म पुग्ने जनस्वास्थ्य कार्यालयको अनुमान छ ।
कार्यालयले हाल ३१ प्रकारको औषधि खरिद गरेको र थप औषधि खरिदका लागि फेरि ठेक्का गरिने जनाएको छ भने जिल्लामा केन्द्रबाट पाँच प्रकारका औषधि मात्र आएको जानकारी दिएको छ । रासस
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा...
-
वर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन...