ताजा समाचार

उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गर्‍यो


काठमाडौं, ३१ बैशाख । उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले बताएको छ । मिसाइल सात सय किलोमिटर परसम्म पुगेको बताईएको छ ।

संयुक्त राष्ट्र संघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले पाँच पटक परमाणु परीक्षण गरिसकेको छ । लामो दूरीमा मार हान्न सक्ने मिसाइलको तयारी गरिरहेको पनि उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाले गएको महिना दुईवटा मिसाइल परिक्षण गरेकोमा दुवै असफल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org