जोखिमयुक्त पहिचान भएका पाँच जिल्लाका बस्ती स्थानान्तरण प्रक्रिया सुरु
काठमाडौं, ८ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका भूकम्प अतिप्रभावित पाँच जिल्लाका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न एकीकृत बस्ती विकास प्रक्रिया सुरु गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको कार्यकारी समितिको ६४ औं बैठकले एकीकृत बस्ती विकासको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार, पूर्वाधार निर्माण कार्यका लागि अन्य सङ्घसंस्था/निकायको सहयोग लिई बस्ती विकास गर्ने कार्यक्रम अघि बढाउने निर्णय गरेको प्रवक्ता यामलाल भुसालले बताए ।
कार्यक्रमअन्तर्गत प्राधिकरण र भूगर्भविद्सहितको समूहले जोखिमयुक्त भनी पहिचान गरेका गोरखाको केरौजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्डे, नुवाकोटको उर्लेनी र दोलखाको वेसिम्पामा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सुरक्षित जग्गाको छनोट गर्नेछ । सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीसँग परामर्श गरी उक्त समितिले एकीकृत बस्ती विकास गर्न उपयुक्त जग्गा छनोट गर्ने र त्यस्तो जग्गामा पूर्वाधार निर्माणका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउने उनले बताए ।
‘एकीकृत बस्तीको विकासका लागि सडक, खानेपानी, विद्युतीकरण, नदी नियन्त्रण, जग्गा प्राप्तिजस्ता पूर्वाधार निर्माणको विषयलाई समेत सरकारी तवरबाट सम्बोधन गरिनेछ, उक्त कार्यका लागि अन्य संस्था वा निकायको पनि सहयोग लिई दोहोरो नपर्ने गरी एकीकृत बस्ती विकास गर्ने कार्यक्रम अघि बढाउने निर्णय भएको हो,’ प्राधिकरणका प्रवक्ता भुसालले भने ।
प्राधिकरणले हालसम्म पहिचान गरेका १ सय १२ जोखिमयुक्त बस्तीमध्ये पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा अति प्रभावित पाँच जिल्लाका बस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया थालेको हो ।
Comments
अरु समाचार
-
रवि र छविको मुद्दामा आज पेसी !
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको पेसी आज तोकिएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
अध्यक्ष जित्न ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउदै, के गर्लान ईश्वर पोखरेल ?
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी प्रस्ताव लैजाने भएका छन्। केन्द्रिय...












