आउँदो साउन १६ गते पशुपतिनाथमा गङ्गाजलभिषेक तथा विशाल धर्मसभा गरिने
काठमाडौं।, २८ जेठ । राष्ट्रिय एकता सर्वपक्षीय सङ्कल्प यात्रा मूल आयोजक समितिले राष्ट्र कल्याणको कामना गर्दै आउँदो साउन १६ गते पशुपतिनाथमा गङ्गाजलभिषेक तथा विशाल धर्मसभा गर्ने भएको छ । कार्यक्रमका लागि भारतको हरिद्वार, काशी र पश्चिम बङ्गालबाट ‘राष्ट्रिय एकता सङ्कल्प यात्रा’ आगामी साउन ८ गतेदेखि सुरु गरिनेछ ।
साउन १६ गतेसम्म जारी रहने यात्रा १० गतेदेखि नपालको महेन्द्रनगर र काँकडभिट्टामा एकै दिन कार्यक्रम गरी विभिन्न नदीका जल लिएर १५ गते काठमाडौं आउने कार्यक्रम छ । सर्वपक्षीय नागरिक दबाब समूह र अन्तर्राष्ट्रिय हिन्दू जनजागरण गौ रक्षा अभियानले सनातन हिन्दू राज्य पुनर्स्थापनाका लागि आन्दोलन गर्ने जनाएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक एवम् नेपाली कांग्रेसका नेता हरिबोल भट्टराईले भारतको गङ्गा, जमुना, ब्रह्मपुत्र, कावेरी, सरयु आदि र नेपालका प्रवित्र सम्पूर्ण नदीको जलाबाट पशुपतिनाथमा जलाभिषेक गरी वनकालीमा विराट धर्मसभाको आयोजना गरिने जानकारी दिनुभयो ।
आयोजक संस्थाका अनुसार अभियानको शुभारम्भ उत्तराखण्डका पूर्वमुख्यमन्त्री एवम् नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) का संयोजक सांसद भगतसिंह कोशियारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णले संयुक्त रुपमा गर्नुहुनेछ । रासस
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...