ताजा समाचार

चर्चित पोर्नस्टार खलिफासँग सेल्फी लिँदा पोर्नस्टारको मुक्का खानु पर्‍यो

काठमाडौं, १६ असार । एक व्यक्तिले पोर्नस्टार मिया खलिफासँग सेल्फी लिँदा ठूलै मूल्य चुकाउनु परेको छ । अमेरिकाको टेक्सासका सान एन्टोनियाका एक पुरुषले पोर्नस्टार खलिफाको अनुमतिबिना सेल्फी लिएपछि झापड खानु परेको समाचारमा उल्लेख छ ।

पोर्नस्टार मियाले २० वर्षे ठिटाको मुखैमा ‘दह्रो मुक्का’ हानेकी थिइन् । तर, उनलाई मियाको मुक्काले केही फरक पारेन । ट्वीटर ह्यान्डलमार्फत ती युवकले मिया खलिफाले नचाहेको तस्बिर र मुक्काका कारण अनुहारमा बसेको निल डामसहितको तस्बिर पोष्ट गरेका छन् ।

‘मिया खलिफासँग फोटो खिचें र उनले मलाई मुखमा मुक्का हानेकी छिन्’, ती युवकले लेखेका छन् । मंगलबार रातिसम्म उनको ट्वीटलाई ९ हजारले लाइक गरेका छन् । ३ हजार ७ सय पटक रिट्वीट भएको छ । खलिफाका अरु प्रशंसकले भने उनीसँगको आफ्नो तस्बिर पोष्ट गरेर केही चोटपटक नलागेको भनी मजाक गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org