ताजा समाचार

राजनराज सिवाकोटी कुटुमा कुटु गीत लेख्न जंगल पसेका थिए

काठमाडौं, १९ असार । राजनराज सिवाकोटी पछिल्लो समयमा मौलिक शब्दसहित नेपाली शैलीको गीतका कारण चर्चामा छन् । सुर्के थैली खै, पूर्व पश्चिम रेल जस्ता किर्तिमानी गीतका गायक, संगीतकार ,रचनाकार राजनराज सिवाकोटी पछिल्लो समय निकै चर्चित बनेका छन् ।

लगभग डेढ दशकदेखि संगीत सिर्जना गर्दै आएका सिवाकोटीलाई सिनेमा छक्का पञ्जामा समावेश सुर्के थैलीले नाम दाम मात्रै दिएन राम्रो गीतकार, संगीतकार र गायककारको रुपमा आम दर्शक माझ चिनाउन पनि सफल भयो ।

तिनै सर्जक यतिबेला सिनेमा दुई रुपैयाँमा समावेश गीत कुटुमा कुटुबाट थप चर्चा आएका छन् । युट्युबमा सार्वजनिक भएको छोटो समयमै ७५ लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।

यसको शब्द, संगीत र स्वर उत्कृष्ट भएको दर्शकको प्रतिक्रिया पार्इरहेका छन् । यो गीत लेख्नको लागी उनी घर नजिकैको जंगलमा गएका थिए । सिवाकोटीले गीत लेख्न दोलखाको एउटा जंगलमा पसेको बताएका हुन् । प्राय गीतहरु लेख्दा शान्त जंगलमा पस्ने गरेको बताउने सिवाकोटीले कुटुमा कुटु गीत लेख्न पनि जंगलमा गएको बताएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org