ताजा समाचार

महिलामाथि प्रतिबन्धित जापानको आइल्याण्ड विश्वसम्पदा सूचिमा सूचिकृत

काठमाडौं, २६ असार । महिलामाथि प्रतिबन्धित जापानको ओकिनोशिमा आइल्याण्ड विश्वसम्पदा सूचिमा सूचिकृत भएको छ । ओकिनोशिमा आइल्याण्ड जापानको प्राचिन तथा धार्मिक केन्द्र हो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले महिलालाई जान प्रतिबन्ध लागाइएको ओकिनोशिमा आइल्याण्डलाई विश्वसम्पदा सूचिमा राख्ने निर्णय गरेको हो । ओकिनोशिमामा १७ औं शताब्दीमा समुद्र यात्रीको सुरक्षाको कामना गर्न बनाइएको ओकिट्सु तिर्थस्थल छ ।

यो आइल्याण्डमा प्रवेश गर्नुपूर्व पुरुषले आफ्नो लुगा फुकाल्नु पर्छ र शरीर शुद्ध गर्नुपर्छ । यस्तै फर्किने बेलामा कुनै स्मृति चिन्ह बनाउन वा ल्याउन पाइँदैन भने त्यहाँको बारेमा अरुलाई भन्न पनि नहुने नियम रहिआएको छ । यो आइल्याण्डमा हरेक वर्ष दुई सयजनालाई मात्र भ्रमणको स्वीकृति दिने गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org