ताजा समाचार

छोराको निधनपछि प्रचण्ड झापाबाट चुनावी कार्यक्रम छाडेर काठमाडौं फर्किए

काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापाबाट काठमाडौं फर्किएका छन् । केहिबेर अघिमात्रै दाहाल झापास्थित बीएनसी अस्पतालबाट हेलिकोप्टरमार्फत काठमाडौंका लागि हिँडेका हुन् । उनी सिधै नर्भिक अस्पताल थापाथलि जाने बताइएको छ ।

चुनावी अभियानका क्रममा झापामा रहेका प्रचण्ड छोरा प्रकाश दाहालको निधन भएको खबर पाएपछि सबै कार्यक्रम स्थागित गरी आफ्ना छोरीज्वाइँका साथ काठमाडौं आएका हुन् । उनलाई हिंड्ने बेलामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिदाई गरेका थिए । हृदयघातका कारण छोरा प्रकाशको आज विहान नर्भिक ईन्टरनेशनल हस्पिटल थापाथलीमा निधन भएको थियो । तर अस्पत्तालले भने निधनको आधिकारिक घोषणा भने गरेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org