ताजा समाचार

प्रकाशकी कान्छी श्रीमती बिना मगर रुँदै नर्भिक पुगिन्, जेठी पत्नी अस्पतालमा बेहोश

काठमाडौं, ३ मंसिर । प्रकाश दाहालको निधन भएसँगै उनका परिवारका सदस्य अस्पताल आउन शुरु गरेका छन् ।दाहालकी जेठी पत्नी सिर्जना त्रिपाठी अस्पताल आएसँगै बेहोस भएकी छिन् । दाहालकी कान्छि पत्नि विना पनि अस्पताल आइपुगेकी छिन् ।

श्रीमान प्रकाश दाहालका निधनपछि श्रीमती बिना मगर कञ्चनपुरबाट काठमाडौं पुगेकी  हुन् । चुनाव प्रचारका कञ्चलपुरमा रहेकी बिना मगर श्रीमान् प्रकाशको निधनको खबरपछि काठमाडौं आइपुगेकी हुन् ।

उनी रुँदै-रुँदै र दौडिँदै नर्भिक अस्पताल भित्र प्रवेश गरेकी हुन्। उनी ‘केही पनि भएको छैन’ भन्दै डाँको छोडेर रुँदै प्रकाशको शव राखेको अस्पतालको आकस्मिक कक्षमा तर्फ अघि बढेकी थिइन्।

प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org