ताजा समाचार

श्रद्धान्जलीको प्रकाशको पार्थिक शरिर पेरिसडाँडा राखिने, पशुपतिमा आजै ४ बजे अन्त्यष्टि गरिने

काठमाडौं, ३ मंसिर । दिवंगत प्रकाश दाहालको आजै अन्त्यष्टि गरिने भएको छ । दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिने र अपरान्ह चार बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।

प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ ।झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् ।

अन्य आफन्तहरू र राजनीतिक दलका नेताहरू समेत प्रकाशको निधन भएपछि काठमाडौं केन्द्रित भएका छन् । अधिकांश दाहाल परिवारजन नर्भिक पुगिसकेका छन् । प्रहरीले अस्पत्ताल परिशरको सुरक्षा व्यवस्था कडा पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org