ताजा समाचार

बलिउड अभिनेत्री ज्याक्लिन फर्नाडिजले पोलमा देखाईन यस्तो हर्कत

एजेन्सी, ८ मंसिर । बलिउड अभिनेत्रीहरु चर्चाका लागि जे पनि गर्न पछि हट्दैनन् । यस्तैमा एक हुन् ज्याकलीन फर्नाडिज । उनले हालै एक तस्बिर इस्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छन् । जुन तस्बिर अहिले चर्चाको बिषय बनेको छ ।

सार्वजनिक तस्बिरमा उनी पोलमा योगको मुन्द्रमा देखिएकी छन् । तस्बिरका साथमा उनले योगिनीका तमासा भनेर समेत पोष्ट गरेकी छन् । ज्याकलीन यस अगाडी पनि पोलको कारणले चर्चामा छाएकी थिइन् । उनले अहिले भने केही नयाँ भिडियो समेत पोष्ट गरेकी छन् ।

भिडियोमा पोल डान्स सिक्दै गरेको देख्न सकिन्छ । डान्सको अलवा पोलमा उनी योग गर्न समेत माहिर रहेको भिडियोले देखाउँछ । ज्याकलीन अहिले चलचित्र ‘रेस –३’को सुटिङमा ब्यस्त छिन् । यो चलचित्र फ्रेन्चाइको तेस्रो सिक्वेल हुनेछ । चलचित्रमा उनको अलवा सलमान समेत रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org