ताजा समाचार

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा चुनावको मतदान सुरु, साँझ ५ बजेसम्म भोट हाल्न पाइने

काठमाडौं, १० मंसिर । पहिलो चरण अन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान सुरु भएको छ । पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध भएका छन् । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।

संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । पहिलो चरणअन्तर्गत प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।

पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org