ताजा समाचार

‘मिस युनिभर्स २०१७’ को उपाधि दक्षिण अफ्रीकाकी सुन्दरी डामीलाई

काठमाडौं, ११ मंसिर । मिस युनिभर्सको ६७ औ संस्करणको उपाधि दक्षिण अफ्रीकाकी सुन्दरी डामी लेगा नेल पिटर्सले जितेकी छिन । डामी प्रतिस्पर्धामा सहभागी विश्वका ९२ सुन्दरीलाई उछिन्दै ‘मिस युनिभर्स’ बन्न सफल भएकी हुन् । साथै पहिलो रनरअप कोलम्बियाकी लाउरा गोन्जालेज र दोस्रो रनरअपको उपाधि जमैकाकी डाभिना बेनेट घोषित भए ।

अमेरिकाको लस भेगासस्थित एलेक्सेस थिएटरमा सोमबार बिहान सम्पन्न फिनालेमा कोलम्बियाकी लाउरा गोन्जालेज, जमैकाकी डाभिना बेनेट, दक्षिण अफ्रिकाकी डामी लेगा नेल पिटर्स, थाइल्यान्डकी मारिया पुनलेर्टरार्प र भेनेजुयलाकी केइसी सियागो टप–५ मा प्रवेश गर्न सफल भएका थिए ।

नेपाल, कम्बोडिया र लाओसले पहिलोपल्ट ‘मिस युनिभर्स’मा भाग लिएका थिए । नेपाललाई प्रतिनिधित्व गर्दै मिस युनिभर्समा पुगेकी नग्मा उत्कृष्ट १६ मा अटाउन सकेकी थिइनन् । नेपालकी नग्मा श्रेष्ठ पहिलो चरणबाट बाहिरिएकी थिइन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org