ताजा समाचार

मत पेटिकाको सुरक्षा तीन तहको घेरावन्दीमा गरिने, ढोकामा दलको पनि ताला लाग्ने

धादिङ, ११ मंसिर । आईतवार सम्पन्न प्रथम चरणको निर्वाचनमा खसेका मतको सुरक्षाका लागि तीन तहको घेरावन्दी हुनेछ । जिल्लाका विभिन्न मतदानस्थलबाट संकलन गरेर सदरमुकाम ल्याईएका मतपेटिकाको सुरक्षा तीन घेरामा गरिने प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

विभिन्न मतदानस्थलबाट सवारी साधन तथा हवाई ढुवानीबाट संकलन गरिएका मतपेटिकाहरु सुरक्षार्थ तीनै तहको सुरक्षा घेरावन्दी रहने प्रजिअ भण्डारीले बताए । ‘ मतपेटिकालाई सुरक्षित राख्ने व्यवस्था मिलाउन सोमवार अपरान्ह सबै उम्मेदवार र राजनीतिक दलहरुसंग छलफल गरि प्रतिनिधिसभा, प्रदेशशभा र समानुपातिकका मतपेटिकाहरु संवन्धित निर्वाचन कार्यालयमा ताला मारेर लाहाछाप लगाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसमेतको सुरक्षा प्रदान गरिने र राजनीतिक दलहरुले पनि आफ्ना प्रतिनिधि राख्न चाहे व्यवस्था गरिदिने छ’ प्रमुख निर्वाचन अधिकृत उमेश कोईरालाले भने ।

आईतवार निर्वाचन सम्पन्न भएका अन्य ३२ जिल्लाहरु भन्दा सवैभन्दा वढी मतदाता रहेको धादिङमा ६६ प्रतिशत मत खसेको छ । जिल्लाका २ लाख ३३ हजार ५ सय ५ मतदाताहरुले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र , ४ प्रदेशसभा र समानुपातिकका लागि १ सय ९ मतदान स्थलका २ सय ७५ केन्द्रबाट मतदान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org