ताजा समाचार

धुर्मुस-सुन्तलीको १० औं एनिभर्सरीमा दर्शकलाई यस्तो कोशेली (फोटो र भिडियोसहित)

काठमाडौं, १४ मंसिर । चर्चित नेपाली हाँस्यव्यंग कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तली १० औं बैवाहिक जीवनमा प्रवेश गरेका छन् । यस अवसरमा उनीहरुले एक गीत पनि सार्वजनिक गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुको साथमा उनीहरुले १० औं एनिभर्सरी मनाए ।

आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं दुई सय ६१ कामदारलाई लड्डु खुवाएर उनिहरुले एनिभर्सरी सेलिब्रेसन गरेका हुन् । उनीहरुले उत्कृष्ट काम गर्ने कामदार र स्थानियलाई पुरस्कार समेत दिएका छन् ।

एनिभर्सरी मनाउँदै धुर्मुस सुन्तलीले गीत पनि सार्वजनिक गरेका छन् । ‘म जुन दिन देखी’ बोलको गीत रिलिज भएको छ । राजेश पायल राई र अन्जु पन्तको आवाजमा सजिएको गीतमा दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

धुर्मुस सुन्तली आफैंले निर्देशन गरेको भिडियोमा दुवै जनाले अभिनय समेत गरेका छन् । कतारमा समेत छांयाकन गरिएको भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org