ताजा समाचार

महन्थ ठाकुरलाई भोट हाल्न कांग्रेसको ‘ह्वीप’ जिल्ला सभापतिले निकाले यस्तो विज्ञप्ती

महोत्तरी, १७ मंसिर । नेपाली कांग्रेसले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई भोट हाल्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधी र प्रदेशसभा निर्वाचन हुन चार दिन बाँकी रहेका बेला कांग्रेसले विज्ञप्ती नै जारी गरेर ठाकुररलाई भोट हाल्न निर्देशन दिएको हो ।

नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्र कुमार रायले विज्ञप्ती नै निकालेर आफ्ना कार्यकर्तालाई महोत्तरी क्षेत्र नम्बर ३ मा महन्थ ठाकुरलाई भोट हाल्न निर्देशन दिएका हुन् ।

महोत्तरी क्षेत्र नम्बर ३ मा ठाकुरसँग बाम गठबन्धनका साझा उम्मेदवार एमालेका बिजय कुमार चौधरी प्रतिस्पर्धामा छन् । महन्थ ठाकुरलाई राजपाले दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

महोत्तरी ३ मा राजपा कांग्रेससँग मिलेर चुनाव लडेको छ । तर, असन्तुष्ट कांग्रेस कार्यकर्ताले भोट नहाल्ने संकेत पाएपछि जिल्ला पार्टी विज्ञप्ती निकाल्न वाध्य भएको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org