ताजा समाचार

बीना मगरले पुर्नवासमा रहेको गोरखा विद्यालयको मतदान केन्द्रबाट मतदान गरिन्

कञ्चनपुर, २१ मंसिर । नेकपा माओवादी केन्दकी नेतृ विना मगरले पुनर्वासबाट मतदान गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी समेत रहेकी बिनाले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत पुनर्वास ७ रामवस्तीस्थित गोरखा आधारभुत विद्यालय केन्द्रमा मतदान गरेकी हुन् ।

बिनाले बिहान ७ः४५ मिनेटमा मतदान गरेकी हुन् । बिना मगर कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन । पति वियोगमा रहेकी बिनाले आफु कञ्चनपुरको विकासको लागि सदैव तत्पर रहेको बताउँदै आएकी छन् ।

आफु प्रचण्डको बुहारीभन्दा कञ्चनपुरको छोरी भएको भन्दै उनले कञ्चनपुरको विकासको लागि आफुलाई विजयी गराउनुको विकल्प नरहेको बताउँदै आएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org