ताजा समाचार

नेपाली नायिकाहरुद्धारा सलमान खानसँग अस्वीकार, ‘कुटुमा कुटु’ गीतमा नाच्न चेतावनी

काठमाडौं, २६ माघ । बलिउड सुपरस्टार सलमान खान आउँदो फागुन २६ गते नेपाल आउँदैछन् । टुँडिखेलमा हुने ‘दबंग द टुर नेपाल’ का लागि सलमान नेपाल आउँन लागेका हुन् । सलमानसँगै ‘दबंग द टुर नेपाल’ मा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्नान्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पल पनि सहभागी हुनेछन् ।

यो कन्सर्टका लागि आयोजकले २ हजार देखि १० हजार सम्म टिकट मूल्य तोकेको छ । आयोजक संस्था ओडीसी इन्टरटेन्मेन्टले धमाधम तयारी सुरु गरिरहेको छ । ओडीसीले नेपाली नायिकाहरुलाई समेत उक्त कन्सर्टमा सहभागी गराउने योजना बनाएको छ । तर नेपाली नायिकाहरुले अस्वीकार गरेका छन् । उनीहरुले सलमान खानको सम्मान गर्ने तर आयोजकले आफुहरुलाई राखेको प्रस्ताव अस्वीकार गरेका बताएकी छन् ।

नेपाली नायिका त्रय स्वस्तिमा खड्का, प्रियंका कार्की र एलिशा राईलाई कन्सर्टमा आफ्नो नृत्य प्रस्तुत गर्नका लागि आयोजक संस्थाले प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेका हुन् । जुन खबरले यतिबेला निकै चर्चा पाईरहेको छ ।

सलमानको कोरस भएर नृत्य गर्नुपर्ने भएपछि स्वस्तिमा, प्रियंका र एलिशाले आयोजक संस्थाको प्रस्तावलाई ठाडै अस्वीकार गरेको बताईएको छ । बिहीवार फिल्म ‘जय भोले’ को घोषणा सभामा नायिका स्वस्तिमा खड्काले यसको खुलाशा गरिन् ।

पत्रकारको प्रश्नमा उनले भनिन्, ‘म सलमान खानलाई सम्मान गर्छु । उहाँ बलिउडको सुपरस्टार हुनुहुन्छ । उहाँसँग स्टेज शेयर गर्न पाउनु भनेको मेरो लागि एकदमै ठूलो कुरा हो ।’  उनले अगाडि भनिन्, ‘आयोजक संस्थाले हामीलाई कोरसको रुपमा प्रस्ताव गर्नुभयो । यदि सलमान खान नेपाली गीत अर्थात्, ‘कुटुमा कुटु’ गीतमा नाच्नु हुन्छ भने म कोरसमा नाच्न तयार छु । तर, हिन्दी गीतमा उहाँको साइडमा बसेर नाच्न मलाई मेरो इथिक्सले दिँदैन ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org