ताजा समाचार

२८ सहसचिवको सरुवा, रुपनारायण भट्टराई वैदेशिक रोजगार विभागमा

काठमाडौं १० जेष्ठ । यातायातको सिन्डिकेटका विरुद्द महत्वपूर्ण भूमिका खेलेका सहसचिव रुपनारायण भट्टराई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले यातायात व्यवसायीको दबाबमा उनलाई यातायात व्यवस्था विभागबाट तानेर जगेडा राखेका थिए । तर, म्यानपावर व्यवसायलाई व्यवस्थित बनाउन भट्टराईलाई वैदेशिक रोजगार विभागमा पठाउने तयारी श्रम मन्त्रालयको छ । अहिले विभागले गर्ने कामकारवाहीमाथि जताततै प्रश्न उठ्ने गरेको छ ।

सरकारले २८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बढुवा भएका १२ नयाँ सहसचिवहरुको पदस्थापन गरिएको हो भने १६ सहसचिवहरु सरुवामा परेका छन् ।

यातायात विभागबाट तानेर आफूलाई जगेडामा राखिएपछि भट्टराई बिदामा थिए ।

हेर्नुहोस् को कहाँ सरुवा भए त ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org