ताजा समाचार

होसियार ! काठमाडाैमा भेटियो बर्डफ्लुको संक्रमण

काठमाडौँ ११, जेष्ठ । बर्डफ्लुको संक्रमणका बारेमा विभिन्न हल्लाका बाबजुत काठमाडाैंमै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको छ ।

राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी र्फममा पालिएका हांसमा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ ।

बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. केदार सेन्चुरीले जानकारी दिएका छन् । बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अफ्नाइएको छ ।

अहिले काठमाडाैंमा पंछीजन्य मासुमाको मूल्यमा समेत भारी गिरावट आएको छ भने मासु पसलहरुले कुनै चेक जाँच बिना नै मासु बिक्रि गरिरहेका छन् । केहि दिन पहिले प्रति केजीको ३५० सम्म पुगेको ब्रोइलरको मासु अहिले भने १९० देखि २०० सम्ममा पाइन थालेको छ ।

राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट हांस कुखुरा लगायतका पन्छी नउठाउन पनि सरकारले निर्देशन दिएको छ । आजबाट राजधानीका सबै पोल्टीर्फममा ¥यापिट रेस्पोन्स टिम पठाईने कृषि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले पशुसेवा बिभागलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org