ताजा समाचार

काठमाडाैंका डान्सबार र होटेलमा प्रहरीको छापा, ३९ नावालीकाको उद्वार

काठमाडौं १७, जेष्ठ । राजधानीका विभिन्न होटेल तथा डान्सबारमा प्रहरीले छापा मारेको छ ।

ठमेल, गोंगवु तथा बानेश्वर क्षेत्रमा संचालित होटल तथा डान्स रेष्टुरेण्टहरुमा नाबालिक किशोरीहरुलाई जबर्जस्ती काममा लगाएको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ ।

ठमेलको वेवो डान्स रेष्टुरेण्ट, गोंगवुको रिभर साईड डान्स रेष्टुरेण्ट, रक डान्सबार, सिभिला डान्स रेष्टुरेण्ट, डेविटफल डान्स रेष्टुरेण्ट, स्टेज डान्स बार, नयाँ बानेश्वरको टाईगर टप रेष्टुरेण्ट एण्ड बार र न्यु टाउन रेष्टुरेण्ट एण्ड बारमा छापा मारेर ३९ जना कम उमेरका नावालिकाहरुलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले कोटेश्वरबाट दुईजना, बालाजुबाट ११ जना, गोंगवुबाट १४ जना र बानेश्वरबाट ९ जनाको बालिकाहरुको उद्धार गरेको थियो ।

बुधवार राती माईती नेपाल र सिबिनसँगको समन्वयमा छापा मार्दा उद्धार गरिएका ३९ नावालीकाहरु मध्ये ७ जनालाई सिवीन नेपाल र ३२ जनालाई माईती नेपालको आश्रयमा पठाईएको काठमाडौं प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org