ताजा समाचार

एसएसपी श्याम खत्रीको बयान सकियो, आजै थुनछेक बहस सुरु

विराटनगर १७, जेष्ठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम बहादुर खत्रीको बयान सकिएको छ ।

उनले बिहीबार बिहान जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । लगत्तै, उनको बयान सुरु भएको थियो ।

जिल्ला अदालतका अनुसार उनको थुनछेक बहस केहीवेरमा सुरु हुँदैछ । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको छ ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए ।

उनी तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org