ताजा समाचार

क्या बात: धुर्मुसलाई अस्पतालले पैसा नदिने, मन्त्रीले सहयोग रकम रोक्ने

काठमाडाैं १८, जेष्ठ । हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ अहिले वीर अस्पतालको सरसफाइ अभियानमा लागिपरेका छन् । नेपालकै जेठो अस्पताल वीर अस्पतालको  रङ-रोगनसहित सरसफाइ अभियानमा लागेका  धुर्मुस अप्ठयारोमा परेको बताउछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन थालेको एकमहिने सरसफाइ अभियानमा धुर्मुस-सुन्तली फाउन्डेसनले वीर अस्पतालको सरसफाइको काम धमाधम गरिरहेको छ । उक्त अभियान नेपालको जेठो अस्पताल वीर अस्पतालबाटै सुरु गरिएको थियो ।  सरसफाइ अभियान दूतका रूपमा हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ रहेका छन् ।

धुमुर्स अस्पताललाई नमूना रूप दिन रंगरोगन तथा अन्य भौतिक व्यवस्थापन गरिरहेका छन् । धुर्मुस उधारोमा रंग धमाधाम लगाउँदै छन् । धुर्मुसका अनुसार अहिलेसम्म रंगरोगनमा ४८ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । रंगरोगनको काम अझै आधाउधी बाँकी छ । अहिले अस्पतालले रकम निकासी पनि गरिदिएको छैन ।

अस्पतालको सरसफाइको नाजुक अवस्था देखेपछि पर्यटन तथा व्यवसायीहरूको समूहबाट फाउन्डेसनललाई केही सहयोग आयो । तर मन्त्री अर्यालले सहयोग रकम उठाउन नपाउने बताएकी छिन् । गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले बोलाएर धुर्मुस सुन्तलीलाई वीर अस्पताल सफाइ अभियानमा साथ दिन आग्रह गरेकी थिइन् । तर अहिले अस्पतालको सरसफाइमा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्दा पनि सहयोग उठाउन नपाउने बताएकी छिन् ।

बिहीबार वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको सरसफाइका लागि रकम संकलन गर्ने जिम्मा अभियन्तालाई नदिई सरकारले नै लिने बताइन् । मन्त्री अर्यालले अस्पतालको रंगरोगनका लागि बाहिरबाट चन्दा उठाउन नपाइने बताइन् ।

अस्पतालको प्यासेजमा नै सुतेर अनिधो भएर काम गरिरहेको बेला धुर्मुस सुन्तली फाउण्डेसनले लुटि रहेको छ भन्दा चित्ता दुखौनुको  साथै आपत्ति पनि  धुर्मुस जनाएका छन् । फाउन्डेसनले १४ लाख ६४ हजार ८ सय ३५ रुपियाँ उठाएको बताएका छन् । अहिले उनी रकम निकासाका लागि अस्पताल व्यवस्थापनसँग पहल गरिरहेका छन् । तर अस्पतालले आलटाल गरिरहेको छ । अस्पतालले रंगरोगनको लागि अहिलेसम्म एक पैसा दिएको छैन ।

वीर अस्पताल सरसफाइ अभियानको नाममा धुर्मुस सुन्तली फाउण्डेशनले चन्दा सङ्कन तथा रकम हिनामिना गरेको भन्दै टिका टिप्पणी पनि आएका थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org