ताजा समाचार

सेतो बिरालोलाई टक्कर, शिवम सिमेन्टद्वारा विश्वकप २०१८–भविष्यवाणी कार्यक्रम संचालन

काठमाडौं २९, जेष्ठ। शिवम् सिमेन्टले आगामी विश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजना अन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्न गइरहेको छ ।

हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रेडिक्ट एण्ड वीन पोस्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

र, हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटतम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org